चीनको तेस्रो राष्ट्रपतिमा पनि सी जिनपिङ नै सर्वसम्मत चयन

काठमाडौं । चीनको तेस्रो राष्ट्रिपतिमा पनि पुनः सी जिनपिङ नै सर्वसम्मत चयन हुनुभएको छ । उहाँ १४औं राष्ट्रिय जनकंग्रेसको जारी अधिवेशनबाट आज सर्वसम्मतिले राष्ट्रपतिमा निर्वाचित हुनुभएको हो ।

ग्रेट हल अफ द पिपलमा उपस्थित नेशनल पिपुल्स कंग्रेस (एनपीसी)का झण्डै ३ हजार सदस्यहरूले ६९ वर्षीय सीलाई सर्वसम्मत रूपमा राष्ट्रपतिमा चयन गरेको समाचार एजेन्सी सिन्ह्वाले जनाएको छ । यो सँगै उहाँले माओत्सेतुङपछिको सबैभन्दा शक्तिशाली नेताका रूपमा आफ्नो पकड बलियो बनाउनुभएको छ ।

सीविरुद्धमा कोही प्रतिस्पर्धी थिएनन् । उहाँ देशको केन्द्रीय सैन्य आयोगको अध्यक्षमा पनि तेस्रो कार्यकालका लागि सर्वसम्मत निर्वाचित हुनुभएको छ । झाओ लेजी संसदका नयाँ सभामुख र हान झेंग उपाध्यक्षमा निर्वाचित हुनुभएको छ ।

Back to top button