संक्रमणकालीन न्याय टुंग्याउन समान धारणा बनाएर अघि बढ्ने माओवादी धारका दलहरूको सहमति

काठमाडौ । माओवादी धारका दलहरूको बैठकले द्वन्द्वकालीन घटनाको विषयमा संयुक्त अन्तरक्रिया र पत्रकार सम्मेलन गर्ने निर्णय गरेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान बसेको बैठकले संयुक्त अन्तरक्रिया र पत्रकार सम्मेलन गर्ने निर्णय गरेको हो ।

जसअन्तर्गत् आगामी २८ गते पत्रकार सम्मेलन र ३० गते संयुक्त अन्तरक्रिया गर्ने भएका छन् । अन्तरक्रियामा नागरिक समाज,कानुन व्यवसायी,पत्रकार र शान्ति प्रक्रियासँग सम्बन्धित सरोकारवाला सहभागी हुनेछन् ।

शान्ति प्रक्रियालाई छिटोभन्दा छिटो टुंग्याउनुपर्ने र शान्ति प्रकियाका पक्षमा निरन्तर अभियान जारी राख्न माओवादी घटक एक भएका छन् ।

बैठकपछि पत्रकारसँग संक्षिप्त कुराकानी गर्दै नेकपा माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङले शान्ति प्रक्रियाको उल्लंघन गर्ने खालका क्रियाकलापको विरोध गर्ने बताउनुभयो ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’विरुद्व रिट सर्वोच्च अदालतमा दायरभएपछि माओवादी धारका दलहरू नजिकिएका छन् ।

यस्तै, माओवादी धारमा नेकपा माओवादी केन्द्र ,नेकपा (क्रान्तिकारी) माओवादी, नेपाल कम्युनिष्ट पार्टी,वैज्ञानिक समाजवादी पार्टी, नेकपा बहुमतलगायत छन्।

Back to top button