राष्ट्रपति निर्वाचनमा नेम्वाङको खर्च साढे १६ हजार

काठमाडौं । राष्ट्रपतिका उम्मेदवार सुवासचन्द्र नेम्वाङले निर्वाचनका क्रममा १६ हजार ५०० खर्च भएको विवरण निर्वाचन आयोगका बुझाउनुभएको छ ।

आज आयोगका अधिकारीहरुलाई नेम्वाङले बुझाएको खर्च विवरणमा मतदाताहरुलाई एसएमएस गर्दा १० हजार खर्च भएको र मसलन्दमा ६ हजार ५०० रुपैयाँ खर्च भएको उल्लेख छ ।

नेम्वाङको खर्च विवरण राष्ट्रपतिका उम्मेदवार नेम्वाङका निर्वाचन प्रतिनिधि महेशकुमार बर्तौलाले निर्वाचन अधिकृत महेश शर्मालाई बुझाउनुभएको हो । हिजो भएको राष्ट्रपति निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेल विजयी हुनुभएको थियो ।

Back to top button