
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले छोटो दौडमा कुदिरहेको नभई दुरदृष्टि बोकेर अघि बढेको बताउनुभएको छ ।
नेपाल खेलकुद महासंघले आज ललितपुरमा आयोजना गरेको कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले एमाले अरू पार्टी जस्तो दैनिक फोहोरी खेलमा सहभागी नहुने बताउनुभएको हो ।
उहाँले भन्नुभयो,‘हामी अरू पार्टी जस्तो दैनिक फोहोरी खेलमा सहभागी छैनौं। सिल्भर ताते जस्तो रनक्क तातिहाल्ने होइन। हाम्रो अलिक दिगो खालको हुन्छ।’
एमाले देश बनाउने अभियानमा रहेको भन्दै ओलीले भन्नुभयो,‘छोटो दौडको कुदाइमा एमाले कुदिरहेको छैन। हामी हतारो गर्दैनौं।’