अन्तरकलेज भलिबलमा विराट, कोशी र मोर्डनएरा विजयी

विराटनगर । विराटनगरमा जारी जिल्लास्तरीय अन्तरकलेज भलिबल प्रतियोगितामा आज चार खेल भएका छन् । पुष्पलाल चोकको खेल मैदानमा जारी प्रतियोगिता अन्तर्गत आजको पहिलो खेलमा विराट मल्टिपल कलेज विजयी भएको छ ।

विराटले हिमालय कलेजलाई २–१ को सेटमा पराजित गरेको हो । पहिलो सेट १९–२५ ले गुमाएको विराटले दोस्रो र तेस्रो सेटमा लगातार जित निकाल्दै अघिल्लो चरणमा प्रवेश गरेको छ ।

हिमालयलाई २५–२३ र २५–१८ को सेटमा पराजित गर्दै विराटले जित निकालेको हो ।विराट एक खेल अगावै सेमिफाइनल प्रवेश गरेको छ । निहारिका कलेजले सहभागी नभएपछि विराट सेमिफाइनलमा प्रवेश गरेको हो ।

आजको दोस्रो खेलमा कोशी मल्टिपल कलेजलाई २–१ को सेटमा पराजित गर्दै सोम्स कलेज अघिल्लो चरणमा प्रवेश गरेको छ । पहिलो सेट २२–२५ ले गुमाएको सोम्सले दोस्रो सेटमा २५–१७ र तेस्रो सेटमा २५–१८ को जित निकालेको हो ।

सेमिफाइनल प्रवेशका लागि सोम्सले सास्थम कलेजसँग प्रतिष्पर्धा गर्नेछ । आजको तेस्रो खेलमा युनिभ मोर्डनएरा कलेज विराटनगर विजयी भएको छ ।

उर्लाबारी बहुमुखी क्याम्पसलाई २५–१२ र २५–१७ को सोझो सेटमा पराजित गर्दै मोर्डनएरा सेमिफाइनमा प्रवेश गरेको हो । सेमिफाइनल प्रवेशका लागि बाँकी रहेको सोम्स र सास्थम कलेजबीचको खेल भोलि हुने खेल संयोजक नवराज नेपालले जानकारी दिनुभयो । यो खेल जित्ने टिमले फाइनल प्रवेशका लागि इडनबर्ग कलेजसँग प्रतिष्पर्धा गर्नेछ ।

भोलि हुने अर्को सेमिफाइनमा मोर्डनएरा र विराट मल्टिपलबीच प्रतिस्पर्धा हुने नेपालले बताउनुभयो । मदन भण्डारी स्पोटर्स एकेडेमी विराटनगर महानगर कमिटीको आयोजनामा बिहीबारबाट सुरु भएको प्रतियोगिता फाल्गुन २८ गतेसम्म सञ्चालन हुने छ ।

प्रतियोगितामा विजेतालाई नगद ३१ हजार र उपविजेतालाई २१ हजार रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ । प्रतियोगितामा ९ टिमले सहभागीता जनाएका छन् ।

Back to top button