हुण्डि कारोवारमा सम्लग्न एकजना पक्राउ

विराटनगर । मोरङको विराटनगर महानगरपालिका वडा नं–६ बाट हुण्डि कारोबारमा सम्लग्न एकजनालाई मोरङ प्रहरीले नियन्त्रणमा लिएको छ ।

को २९ प ९७३९ नम्बरको मोटरसाईकलमा सवार विराटनगर–१५ सुडी वस्ती बस्ने ३१ वर्षीय धर्मानन्द साहलाई नेपाली नगद ४ लाख ७५ हजार रुपैयाँसहित विभिन्न बैंकको चेक, एटीएम कार्ड, भौचर र मोवाईल १ थान समेत बरामद भएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता प्रहरी नायव उपरिक्षक रन्जनकुमार दाहालले जानकारी दिनुभयो ।

साह हुण्डि कारोवारमा संलग्न रहेकोले जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिई सम्मानित मोरङ जिल्ला अदालतबाट हुण्डि सम्बन्धि कसूरमा ५ दिन म्याद थप गरी थप अनुसन्धान भई रहेको दाहालले जानकारी दिनुभएको छ ।

Back to top button