कोशी प्रदेशका एमालेका सांसदलाई पार्टी अध्यक्ष केपी ओलीको बधाई

विराटनगर । कोशी प्रदेशका एमालेका सांसदलाई पार्टी अध्यक्ष केपी शर्मा ओलीले बधाई दिनुभएको छ । आज पार्टी अध्यक्षलाई भेट्न उहाँको निवास बालकोट पुगेका कोशी प्रदेशका एमाले सांसदहरुलाई प्रदेशको नामकरण गर्न सफल भएकोमा बधाई दिनुभएको हो ।

राष्ट्रपति निर्वाचनका लागि काठमाडौं पुगेका प्रदेश सांसदहरुले आज एक साथ बालकोट पुगेर पार्टी अध्यक्षसँग भेट गरेको प्रदेशसभा सदस्य तथा प्रदेश १ का पार्टी सचिव चिन्तन पाठकले बताउनुभयो । भेटमा संघीयताको मर्मअनुसार प्रदेशलाई बलियो बनाउने विषयमा पनि छलफल भएको पाठकले जानकारी दिनुभयो ।

अघिल्लो कार्यकालमा नामकरण गर्न नसकेर आलोचना सहनुपरेको भन्दै अध्यक्षले प्रदेशको नामकरण गरेकोमा बधाई दिनुभएको उहाँले बताउनुभयो । भेटमा प्रदेश सरकारलाई बलियो बनाउने कुरामा पनि छलफल भएको पाठकले बताउनुभयो ।

कोशी प्रदेशमा नेकपा एमालेका ४० जना सांसद छन् ।

Back to top button