विराटनगर युवासंघमा ढुङ्गाना

विराटनगर । नेकपा एमालेको भातृ संगठन राष्ट्रिय युवा संघ विराटनगर महानगर कमिटीको अध्यक्षमा निरञ्जन ढुङ्गाना निर्वाचित हुनुभएको छ । हिजो सम्पन्न ९ औं अधिवेशनले ढुङ्गानाको नेतृत्वमा ४३ सदस्सीय कमिटी निर्वाचित गरेको हो ।

अध्यक्ष बाहेकका पदमा सर्वसहमत भएपनि अध्यक्षका लागि भने मतदान भएको थियो । १३४ जना मतदाता रहेको अधिवेशनमा ९० मत मात्र खसेको थियो ।

जसमा ढुङ्गानाले ५० मत ल्याउँदा प्रतिष्पर्धि नितेश बस्नेतले ३० मत प्राप्त गर्नुभएको छ । ५ मत भने बदर भएको अध्यक्ष मण्डलका अध्यक्ष गोकर्ण घिमिरेले जानकारी दिनुभयो ।

नव निर्वाचित समितिको उपाध्यक्षमा मोहम्मद समिम पप्पु, सचिवमा सागर लामा चयन हुनुभएको छ । सहसचिव द्वयमा अमर हुसेन र अभिशेक केडिया चयन हुनुभएको छ भने कोषाध्यक्षमा प्रमिला राजवंशी निर्वाचित हुनुभएको छ ।

यस्तै समितिमा ३७ जना सदस्य निर्वाचित हुनुभएको छ । समितिको कार्यकाल दुई वर्षको रहने छ । यसैबिच प्रविण बस्नेतको संयोजकत्वमा युथ फोर्स महानगर कमिटी पनि गठन भएको छ । युथ फोर्सको सहसंयोजकमा केवल महर्जन चयन हुनुभएको छ ।

Back to top button