महेन्द्र मोरङ क्याम्पसमा नविन पहाडीको नेतृत्वमा अनेरास्ववियुले गर्‍यो उम्मेदवारी दर्ता

विराटनगर । चैत ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचनका लागि आज देशभरका क्याम्पसहरुमा मनोनयन दर्ता भइरहेको छ ।

देशकै महत्वपूर्ण क्याम्पस मानिने कोशी प्रदेशको राजधानी विराटनगर स्थित महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसमा पनि उम्मेदवारी दर्ताको क्रम चलिरहेको छ ।

स्ववियु निर्वाचनमा सत्तारुढ गठबन्धनका विद्यार्थी संगठनहरुले पनि गठबन्धन गर्दै चुनावी मैदानमा उत्रने बताइरहेका बेला नेकपा एमाले निकट अनेरास्ववियुले भने एकल रुपमा नै उम्मेदवारी दिएको हो ।

अनेरास्ववियुका तर्फबाट अध्यक्षमा नविन पहाडीले उम्मेदवारी दिनुभएको छ भने उपाध्यक्षमा रिंकु चौधरीले मनोनयन दर्ता गराउनुभएको छ ।

यस्तै सचिवमा सनिम ठकुरी र कोषाध्यक्षमा आरोग्य थापाले मनोनयन दर्ता गराएको अनेराश्ववियुका नेता भाष्कर खनालले जानकारी दिनुभयो ।

Back to top button