लोकतन्त्र बलियो बनाउन सबैले सोच्न जरुरी छः उपराष्ट्रपति उम्मेदवार शाक्य

काठमाडौं । उपराष्ट्रपति उम्मेदवार अष्टलक्ष्मी शाक्यले लोकतन्त्रलाई बलियो बनाउन सबैले सोच्न जरुरी रहेको बताउनुभएको छ ।

मनोनयन दर्तापछि संसद् भवनमा पत्रकारहरूसँग संक्षिप्त कुराकानी गर्दै उहाँले लोकतन्त्र सुदृढिकरणका लागि सोच्ने बेला आएको बताउनुभयो ।

नेकपा एमालेबाट उपराष्ट्रपतिमा शाक्यले उम्मेदवारी दर्ता गराउनुभएको हो । शाक्यको प्रस्तावकमा पार्टी अध्‍यक्ष केपी शर्मा ओली, उपाध्यक्ष सुवासचन्द्र नेम्बाङ, सचिव छविलाल विश्वकर्मा,गोकर्ण विष्ट र रघुवीर महासेठ रहनुभएको छ ।

समर्थकमा कृष्णगोपाल श्रेष्ठ, महेश बर्तौला, तुलसा दाहाल, भगवति न्यौपाने र यशोदा रिजाल रहनुभएको छ । शाक्य एमाले उपाध्यक्ष हुनुहुन्छ भने उहाँ बागमती प्रदेशको मुख्यमन्त्री समेत भइसक्नुभएको छ ।

Back to top button