
काठमाडौं । उपराष्ट्रपतिमा जनता समाजवादी पार्टी (जसपा)बाट राम सहाय यादवले मनोनयन दर्ता गराउनुभएको छ । संसद भवन नयाँ बानेश्वर पुगेर उहाँ उम्मेदवारी दर्ता गराउनुभएको हो ।
उहाँको प्रस्तावकमा नेपाली कांग्रेसका रमेशजंग रायमाझी,नेकपा माओवादी केन्द्रका शक्तिबहादुर बस्नेत,नेकपा एकीकृत समाजवादीका किसान श्रेष्ठ र जसपाका अशोककुमार राई र प्रदिप यादव हुनुहुन्छ ।
यस्तै, समर्थकमा नेपाली कांग्रेसका खिमलाल देवकोटा, अम्बिका काफ्ले, नेकपा एकीकृत समाजवादीका भानुभक्त जोशी,प्रकाश ज्वाला र जसपाका रेखा यादव हुनुहुन्छ।
रामसहाय यादव प्रतिनिधिसभा सदस्य हो । आगामी चैत्र ३ गते हुने उपराष्ट्रपति निर्वाचनका लागि आज मनोनयन दर्ताको कार्यक्रम छ। बिहान ९ बजेदेखि दिउँसो २ बजेसम्म मनोनयन दर्ताको कार्यक्रम रहेको छ।