उपराष्ट्रपतिमा जसपाबाट प्रमिला यादवको पनि उम्मेदवारी दर्ता

काठमाडौं । उपराष्ट्रपतिमा जनता समाजवादी पार्टी (जसपा)बाट प्रमिला यादवले उम्मेदवारी दर्ता गराउनुभएको छ । नयाँ बानेश्वरस्थित सं‌सद भवन पुगेर उहाँले उम्मेदवारी दर्ता गराउनुभएको हो ।

उहाँसहित उपराष्ट्रपतिमा जसपाबाट २ जनाको उम्मेदवारी परेको छ। जसपाका नेता राम सहाय यादवले पनि उम्मेदवारी दर्ता गराइसक्नुभएको छ ।

प्रमिलाको प्रस्तावकमा रञ्जु झा,मृगेन्द्रकुमारसिंह यादव,नवलकिशोर शाह,दिपक कार्की राजकिशोर यादव हुनुहुन्छ भने समर्थकमा नेपाली कांग्रेसका अनिता देवकोटा,सिता गुरूङ,नेकपा माओवादी केन्द्रका विमला सुवेदी, नेकपा एकीकृत समाजवादीका जयन्ती राई र जसपा मनिष सुमन हुनुहुन्छ।

रामसहायको प्रस्तावकमा नेपालीका कांग्रेसका रमेशजंग रायमाझी,नेकपा माओवादी केन्द्रका शक्तिबहादुर बस्नेत,नेकपा एकीकृत समाजवादीका किसान श्रेष्ठ र जसपाका अशोककुमार राई र प्रदिप यादव हुनुहुन्छ।

यस्तै, समर्थकमा नेपालीका कांग्रेसका खिमलाल देवकोटा, अम्बिका काफ्ले, नेकपा एकीकृत समाजवादीका भानुभक्त जोशी,प्रकाश ज्वाला र जसपाका रेखा यादव हुनुहुन्छ।

रामसहाय प्रतिनिधिसभा सदस्यमा हो भने प्रमिला राष्ट्रिय सभा सदस्य हो । आगामी चैत्र ३ गते हुने उपराष्ट्रपति निर्वाचनका लागि आज मनोनयन दर्ताको कार्यक्रम छ। बिहान ९ बजेदेखि दिउँसो २ बजेसम्म मनोनयन दर्ताको कार्यक्रम रहेको छ।

Back to top button