जनमतबाट उपराष्ट्रपतिमा झाको उम्मेदवारी दर्ता

काठमाडौं । जनमत पार्टीबाट उपराष्ट्रपतिमा ममता झाले उम्मेदवारी दर्ता गराउनुभएको छ । झाले सत्ता गठबन्धनमा रहेका साना दलहरूको तर्फबाट उपराष्ट्रपतिमा उम्मेदवारी गराउनुभएको हो ।

सत्तारुढ ४ दल (कांग्रेस, माओवादी, जसपा र एकीकृत समाजवादी)बीच उपराष्ट्रपति जसपाले लिने सहमति भएपनि जनमत त्यसमा सहमत भएको छैन ।

निर्वाचन आयोगले पुरुष राष्ट्रपति भइसकेकाले उपपराष्ट्रपतिको उम्मेदवार महिला हुनुपर्ने बताएको छ । सोहीअनुसार जनमतले महिलालाई उम्मेदवार बनाएको हो ।

उपराष्ट्रपतिको निर्वाचन चैत ३ गते हुँने तय भएको छ ।

Back to top button