राष्ट्रपति पौडेलद्वारा पुष्पलालको शालिकमा माल्यार्पण

काठमाडौं । राष्ट्रपतिमा निर्वाचित रामचन्द्र पौडेलले नेपाल कम्युनिष्ट पार्टीका संस्थापक नेता पुष्पलाल श्रेष्ठको शालिकमा माल्यार्पण गर्नुभएको छ । आज काठमाडौंको चम्पादेवीमा पुगेर राष्ट्रपति पौडेलले पुष्पलालको शालिकमा माल्यार्पण गर्नुभएको हो ।

पौडेललाई नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले स्वागत गर्नुभएको थियो । अध्यक्ष नेपालले राष्ट्रपति पौडेललाई पुष्पलालको तस्बिर पनि हस्तान्तरण गर्नुभएको छ ।

प्रधानमन्त्रीमा नियुक्त भएपछि पुष्पकमल दाहाल प्रचण्डले पनि चम्पादेवी पुगेर शालिकमा माल्यार्पण गर्नुभएको थियो ।

Back to top button