![](https://koshisandesh.com/wp-content/uploads/2023/03/Bus-Accident-Sindhuli.jpg)
![](https://koshisandesh.com/wp-content/uploads/2023/03/Bus-Accident-Sindhuli.jpg)
सिन्धुली । ओखलढुंगाको रुम्जाटारबाट काठमाडौंका लागि छुटेको यात्रुबाहक बस सिन्धुलीमा दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ।
सिन्धुलीको फिक्कल गाउँपालिका–४ कुहिभिरमा बस दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका एसपी राजकुमार सिलवालले जानकारी दिनुभयो।
दुर्घटनामा परेर ५ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता तथा डीएसपी चिरञ्जीवी दाहालले बताउनुभयो।
उहाँका अनुसार बा २ ख ६५९६ नम्बरको यात्रुबाहक बस भित्तामा ठोक्किएर दुर्घटना भएको हो। अहिले उद्धारको काम भइरहेको र घाइतेहरूलाई उपचारका लागि काठमाडौं पठाउने तयारी भएको उहाँले बताउनुभयो।