आईसीसी विश्वकप क्रिकेटः कीर्तिमानी अर्धशतक बनाएर कप्तान रोहित आउट

काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय एकदिवसीय शृंखलाको यूएईविरुद्धको खेलमा कीर्तिमानी अर्धशतक बनाउनुभएका कप्तान रोहित पौडेल आउट हुनुभएको छ ।

नेपालका लागि चौथो नम्बरमा क्रिजमा उत्रिनुभएका रोहितले ८३ बलमा ७ चौकासहित ५० रन पूरा गर्नुभएको थियो।

आयन अफ्जल खानको बलमा कार्तिक मेयप्पनको हातबाट ३८औं ओभरमा क्याच हुनुअघि रोहितले १ सय १२ बलमा ९ चौकासहित ७७ रनको महत्त्वपूर्ण इनिङ खेल्नुभयो।

एकदिवसीय अन्तर्राष्ट्रियमा ८ अर्धशतक बनाउने पहिलो ब्याटर रोहित बन्नुृभएको छ । एकदिवसीयमा १ हजार रन पूरा गर्ने पहिलो खेलाडीको कीर्तिमान पनि रोहितकै नाममा छ।

दोस्रो ओभरमा पहिलो विकेट गुमाएको नेपालले पाँचौं ओभरमा अर्का ओपनर कुशल भुर्तेललाई पनि गुमाएको थियो। कुशल १५ बलमा ८ रन जोडेर आयान अफ्जल खानको बलमा एलबीडब्यूलको शिकार हुनुभएको थियो ।

त्यसअघि ओपनर आसिफ शेख पाँच बल खेलेर शून्य पेभेलियन फर्कीनुभएको थियो । आर्यन लाक्राको बलमा बोल्ड हुँदै आसिफ पेभेलियन फर्कीनुभएको हो। यस्तै, कुशल मल्ल सातौं ओभरमा ९ रन जोडेर पेभेलियन फर्किँदा नेपाल कठिन अवस्थामा पुगिसकेको थियो।

तर, कप्तान भीम सार्कीले रोहितसँग ५४ रनको साझेदारी गर्दै इनिङ सम्हाल्नुभएको थियो। भीम २२औं ओभरमा २९ रन जोडेर पभिलियन फर्किसक्नुभएको छ । अहिले क्रिजमा गुल्शन झा १९ ५५ तथा आरिफ शेख ४३ रन बनाएर खेलिरहनुभएको छ । नेपालले ४१.५ ओभर सकिँदा ५ विकेट गुमाएर १ सय ९० रन बनाएको छ।

आजको खेलमा मुख्य प्रशिक्षक मोन्टी देशाईले पूर्व कप्तान ज्ञानेन्द्र मल्ल र तीव्र गतिका बलर करण केसीको स्थानमा ललित राजवंशी र गुल्शन झालाई मौका दिनुभएको छ । आजको खेलमा जित निकाल्न सके नेपालले एकदिवसीय मान्यता जोगाउने निश्चित हुनेछ।

यस्तै, लिग–२ को शीर्ष तीनमा रहँदै विश्वकपको ग्लोबल छनोटमा पुग्ने सम्भावना कायम राख्ने छ। आजको खेलमा पराजित भए सोझै ग्लोबल छनोटमा पुग्ने सम्भावना समाप्त हुनेछ।

आज यूएई पराजित भयो भने एकदिवसीय मान्यता जोगाउने गणितीय सम्भावना मात्रै कायम रहने छ।

Back to top button