एमाले प्रमुख सचेतकमा गिरी मनोनित

काठमाडौं । नेकपा एमालेको प्रमुख सचेतकमा पदम गिरी मनोनित हुनुभएको छ । एमाले संसदीय दलका नेता केपी शार्मा ओलीले गिरीलाई प्रमुख सचेतकको जिम्मेवारी दिनुभएको हो ।

पर्वतबाट लगातार दोस्रो पटक चुनाव जित्नुभएका गिरी पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा करिब २ महिना स्वास्थ्य तथा जनसंख्या मन्त्री समेत हुनुहुन्थ्यो ।

Back to top button