
काठमाडौं । नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली कांग्रेसको सबै जिम्मेवारीबाट राजीनामा दिनुभएको छ ।
पौडेलले स्वकीय सचिव चिरञ्जीवी अधिकारीमार्फत केन्द्रीय कार्यालयमा पत्र दर्ता गराउनुभएको नेपाली कांग्रेसका कार्यालय सचिव प्रकाश शर्माले जानकारी दिनुभएको छ ।
विद्यार्थी राजनीति हुँदै पार्टीको राजनीतिमा होमिनुभएका पौडेल कांग्रेसको कार्यवाहक सभापति समेत हुनुभएको थियो र अहिले उहाँ वरिष्ठ नेता हुनुहुन्थ्यो ।
राष्ट्रपति निर्वाचित उहाँले भोलि १ बजे पद तथा गोपनियताको शपथ लिदैँ हुनुहुन्छ र त्यस लगत्तै जिम्मेवारी सम्हाल्नुहुने छ ।