उपराष्ट्रपति निर्वाचनमा कसलाई मत दिने छिट्टै निर्णय गर्छौं : राप्रपा अध्यक्ष लिङ्देन

काठमाडौं । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले उपराष्ट्रपति निर्वाचनमा कसलाई मत दिने भन्ने विषयमा छिट्टै पार्टीले निर्णय गर्ने जानकारी दिनुभएको छ ।

आज पार्टी कार्यालय धुम्वाराहीमा आयोजित पार्टी प्रवेश कार्यक्रममा बोल्दै उहाँले राष्ट्रपतिको निर्वाचन राप्रपाले बहिष्कार नगरेको स्पष्ट पार्नुभयो ।

उहाँले भन्नुभयो,‘यसअघि राष्ट्रपतिको निर्वाचन राप्रपाले बहिष्कार गरेको नभई राजनीतिमा क्रियाशिल व्यक्तिले राष्ट्रपतिमा उम्मेदवारी दिएकै कारण कसैलाई पनि मत नहालेको हो।’

उपराष्ट्रपतिको निर्वाचन चैत्र ३ गते हुँने तय भएको छ । अध्यक्ष लिङ्देनले वर्तमान सरकारमा सहभागी हुने सोच नरहेको बताउनुभयो। राप्रपाले सरकारलाई प्राथमिकतामा नराखेको र अहिले नै सहभागी सोच पनि नरहेको बताउनुभयो।

यस्तै, सो कार्यक्रममा सुरेश आचार्य लगायतका व्यक्तिहरुलाई राप्रपा प्रवेश गराइएको थियो।

Back to top button