दुईजनालाई सम्मान गर्दै विराटनगर जेसीजको सप्ताह सम्पन्न

विराटनगर । विराटनगर जेसीजको मनाउँदै आएको ‘जेसीज सप्ताह’ सम्पन्न भएको छ। साताभर विभिन्न कार्यक्रम गर्दै आएको विराटनगर जेसीजले समाजमा महत्त्वपूर्ण भूमिका निर्वाह गगर्ने दुई व्यक्तित्वलाई सम्मान गर्दै सप्ताह समापन गरेको हो ।

उद्योग ब्यवसायको माध्यमबाट विराटनगरलाई देशभर चिनाउने तथा युवा उद्यमशिलतालाई प्रवर्धन गर्दै युवाहरुलाइ ब्यवसायी बन्न उत्प्रेरित गरेको भन्दै उधोगपती बिपिन काबरालाई सम्मान गरेको छ ।

यस्तै हास्य बिधा मार्फत जनतामा हास्यरससहित सचेतना जगाउने काम गरेको तथा हास्यव्यङ्ग्य मार्फत मोरङलाई विश्वभर चिनाउन योगदान गरेको भन्दै कलाकार सुमन कार्कीलाई पनि सम्मान गरेको छ ।

५० बर्ष पुगेको अवसरमा विराटनगर जेसीजले पूर्व अध्यक्षहरुलाई ताम्रपत्र सहित सम्मान गरिएको छ ।  विराटनगर जेसीजको प्रोजेक्ट जेसी बाल सदन बिद्यालयको संस्थापक शिक्षक बनी बिराटनगर जेसीजका सस्थापकद्वय बिजयसेन शर्मा र लोकमान गोल्छा र मानार्थ सदस्य किसनलाल दुगडलाई सम्मान गरेको थियो ।

कार्यक्रममा प्रमुख अतिथी कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले अबका दिनमा अझ गतिशील भएर विराटनगर जेसीज अघि बढ्न सकोस भन्ने शुभकामना ब्यक्त गर्नुभयो ।

उहाँले जेसीजसँग सहकार्य गर्दै अघि बढ्न प्रदेश सरकार तयार रहेको बताउनुभयो । लागुपदार्थ दुर्ब्यसनलाई न्यूनीकरणका क्षेत्रमा क्रियाशिल हुन मुख्यमन्त्री कार्कीले जेसीजका युवाहरुलाई आग्रह समेत गर्नुभयो ।

विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले बिराटनगर जेसीजले गर्ने हरेक गतिविधिहरुलाई आफूले नजिकबाट नियालिरहेको बताउनुभयो । उहाँले राम्रो विराटनगर बनाउने अभियानमा साथ दिन समेत जेसीजलाई अनुरोध गर्नुभयो ।

नेपाल जेसीजका राष्ट्रिय कार्यकारीणि उपाध्यक्ष जेसी रश्मि बस्नेतले विराटनगर जेसीजको सप्ताह सधै उत्कृष्ट रहने गरेको भन्दै यस्ता कार्यले समाजमा जेसीजको गरिमा अझ बढ्ने विश्वास ब्यक्त गर्नुभयो ।

कार्यक्रममा विभिन्न संघ सस्थाका प्रतिनिधि , विभिन्न शाखाका शाखा अध्यक्षलगायतका टिम , कार्यक्रमलाई प्रायोजन गर्ने विभिन्न व्यक्ति तथा सस्थाको उपस्थिति रहेको विराटनगर जेसीजका अध्यक्ष अभिनास थापाले जानकारी दिनुभयो ।

Back to top button