सरकार तत्काल आफ्नो गन्तव्यतर्फ अघि बढ्नुपर्छ : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले छिटोभन्दा छिटो मन्त्रीपरिषद् विस्तार गरेर सरकार आफ्नो गन्तव्यतर्फ अघि बढ्नुपर्ने बताउनुभएको छ ।

आज काठमाडौंमा आयोजित वर्तमान सरकारको अबको आर्थिक प्राथमिकता विषायक कार्यक्रममा थापाले राजनीतिक अलमलमा समय खेर फाल्ने समय वर्तमान सरकारलाई नरहेको स्पष्ट पार्नुभयो।

उहाँले आफू प्रधानमन्त्री बन्नका लागि पार्टीको संसदीय दलको नेतामा उठेको र पराजित भइसकेको अवस्थामा मन्त्री बन्ने चाहना नभएको बताउनुभयो। उहाँले आफू सांसदको रुपमा जनताको सेवा गर्ने धारणा राख्नुभयो।

महामन्त्री थापाले अबको ५ महिनामा हरेक नागरिकलाई सरकारले कामको अनुभुति जनतालाई गराउन नसके गठबन्धनको कुनै अर्थ नरहने टिप्पणी गर्नुभयो।

उहाँले प्रधानमन्त्री अर्थतन्त्रप्रति बढी चिन्तित हुनुपर्ने भन्दै अर्थतन्त्र सुधारलाई प्राथमिकतामा राख्नुपर्ने बताउनुभयो।

Back to top button