विराटनगरको डिग्री क्याम्पसको स्ववियुमा अनेरास्ववियुको एकल उम्मेदवारी

विराटनगर । चैत ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचनका लागि विराटनगरको डिग्री क्याम्पसमा नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुले एकल उम्मेदवारी दिएको छ ।

देशकै महत्वपूर्ण क्याम्पस मानिने कोशी प्रदेशको राजधानी विराटनगरको डिग्री क्याम्पसमा अरु विद्यार्थी संगठनहरुले गठबन्धन गरिरहँदा अनेरास्ववियुले भने एकलरुपमा उम्मेदवारी दर्ता गरेको हो ।

अनेरास्ववियुका तर्फबाट अध्यक्षमा निर्मलप्रसाद गजुरेलले उम्मेदवारी दिनुभएको छ । सचिवमा करण दियाली र कोषाध्यक्षमा कौशल्या गैरेले मनोनयन दर्ता गराएको जानकारी दिँदै अनेरास्ववियुका नेता नवराज घिमिरेले डिग्री क्याम्पसमा अनेरास्ववियुको प्यानल नै विजयी हुने दावी गर्नुभयो ।

Back to top button