
विराटनगर । कोशी प्रदेशको राजधानी विराटनगरको जामुनगाछी हुँदै सुनसरी जाने सडक निर्माण सुरु नभएपछि स्थानीयले बाटो अवरुद्ध गरेका छन् ।
सडक मर्मतको माग राख्दै स्थानीयले आज सडकमा अवरोध गरेका हुन् । स्थानीयले नहरमा ढाट लगाएर सडक अवरुद्ध गरेका हुन् ।
बर्खायाममा हिलो र अन्य समयमा धुलोको समस्या भोग्न बाध्य हुनुपरेकाले सडक अवरुद्ध गर्न बाध्य हुनुपरेको स्थानीय भविष पौडेलले बताउनुभयो ।
धुलोका कारण सवारीसाधन सञ्चालन गर्दा यात्रुलाई समेत कठिनाइ हुन थालेको स्थानीयहरुको भनाइ छ । सडकमा खाल्डाखुल्डी पनि अत्याधिक छन् ।
सडक अवरुद्ध भएपछि उक्त सडक भएर आउने जाने सवारी साधन तथा विद्यालयका बसहरु सञ्चालनमा समस्या भएको छ । लामो समयसम्म सडक निर्माणको काम अलपत्र परेको भन्दै स्थानीयले पटक पटक आन्दोलन गर्दै आएका छन् ।