एमालेको प्रमुख सचेतकमा गिरी र सचेतकमा बर्तौला चयन

काठमाडौं । नेकपा एमालेको प्रमुख सचेतकमा पदम गिरी चयन हुनुभएको छ । उहाँलाई एमाले संसदीय दलका नेता केपी शर्मा ओलीले आज प्रमुख सचेतकमा नियुक्त गर्नुभएको हो । गिरी पूर्व स्वास्थ्यमन्त्रीसमेत हुनुहुन्छ ।

यस्तै सचेतकमा महेश बर्तौला चयन हुनुभएको छ । गिरी पर्वतबाट र बर्तौला मकवानपुरबाट विजयी हुनुभएको हो । गिरी र बर्ताला दुबैजना विद्यार्थी राजनीतिबाट पार्टी राजनीतिमा उदाउनुभएका नेता हुनुहुन्छ ।

गिरी पिएन क्याम्पस र बर्तौला हेटौडा क्याम्पसका पूर्व स्ववियु सभापति हुनुहुन्छ ।

Back to top button