मिल्स गोल्डकपः सिराहाको प्रतिभा फुटबल क्लब सेमिफाइनलमा

विराटनगर । साविक बिजेता प्रतिभा फुटबल क्लब गोलबजार सिराहा विराटनगरमा जारी तेस्रो संस्करणको मिल्स गोल्डकपको सेमिफाइनलमा पुगेको छ ।

मिल्स गोल्डकप फुटबल ट्रष्टको आयोजनामा विराटनगर स्थित जुटमिलको खेलमैदानमा आज भएको खेलमा द सेभेन युथ क्लब धनकुटलाई २– १ गोलले. हराउँदै सिराहा सेमिफाइनलमा पुगेको हो ।

जितको लागि सिराहका सिद्धार्थ लामा र विश्वास राईले गोल गर्नुभयो । धनकुटाका सन्दिप लिम्बुले एक गोल फर्काउनुभयो । सुरुदेखि नै लगातार आक्रामक शैली अपनाएको सिराहाले पहिलो गोल २७ औं मिनेटमा गर्‍यो ।

उद्धव घलेले निकालिएको क्रस पासलाई सिद्धार्थ लामाले गोल गरी सिराहलाई अग्रता दिलाउनुभयो । दोस्रो हाफदेखि धनकुटाले सुधारिएको खेल पस्कियो ।

४२ औं मिनेटमा धनकुटाका सन्दिप लिम्बुले गोल गर्दै खेल बराबरीमा फर्काउनुभयो । सिद्धार्थ लामाले ५८ औं मिनेटमा हानेको बल क्रसबारमा लागेर बाहिरिँदा धनकुटाको संकट टरेको थियो ।

६० औं मिनेटमा विश्वास राईको वान भर्सेस वानको प्रहार गरेको बल पोस्टमाथिबाट बाहिरिँदा धनकुटाले अग्रता दोब्बर पार्ने अवसर गुमाएको थियो ।

थप गरिएको इन्जुरी समयको दुई मिनेटमा सिराहाका विश्वास राईले गोल गरी टिमको जित सुनिश्चत गर्नुभयो । निर्णायक गोल गर्ने सिराहाका विश्वास राई म्यान अफ द म्याच घोषित हुनुभयो ।

भोलीको खेल आयोजक साइनो स्पोर्टस क्लब रानी विराटनगर र सहलेस युवा क्लब सिराहाबीच हुनेछ ।

तस्बिर सौजन्यः सन्जय राउत

Back to top button