‘गर्ल्स अन व्हील’ प्रतियोगितामा स्वेच्छा र सावित्रीको जोडी प्रथम

विराटनगर । अन्तराष्ट्रिय महिला दिवसको अवसर पारेर विराटनगरमा आयोजिक ‘गर्ल्स अन व्हील’ प्रतियोगितामा स्वेच्छा थापा र सावित्री ढकालको जोडी प्रथम भएको छ ।  विराटनगर प्राइम राउण्ड टेवल नेपालको आयोजनामा सम्पन्न प्रथम हुँदै उक्त जोडीले लर्ड कम्पनीको एसि प्राप्त गरेको छ ।

मनिला दाहाल र नविना खत्रीको जोडी दोस्रोहुँदै सोही कम्पनीको वासिङमेसिन पाएको छ भने रिचा कनोडिया र डली अग्रवालको जोडीले तेस्रो हुँदै हैवल्स कम्पनीको मिब्सर ग्रीनडरमा चित्त बुझाउनुपरेको छ ।

विजेताहरुलाई राउण्ड टेवल नेपालका केन्द्रीय अध्यक्ष राहुल अग्रवाल विराटनगर प्राइम राउण्ड टेवल नेपालका पूर्व अध्यक्षहरु अमित सारडा र विनय अग्रवाल र विराटनगर प्राइम राउण्ड टेवल नेपालका अध्यक्ष राघव राठी , संयोजक लोकेश अग्रवाल, सह–संयोजक निशान्त अग्रवाल र योगेश राठीले पुरस्कार तथा प्रमाणपत्र वितरण गर्नुभयो ।

प्रतियोगितामा मा १ सय वटा स्कूटीमा २ सय सहभागि थिए । स्कूटी चलाउँने महिलाले स्कूटीमा चढेर विभिन्न खेलमा सहभागि भई अंक आर्जित गर्ने गरेको आधारमा विजेता घोषणा गरिएको अध्यक्ष राठीले बताउनुभयो । एउटा स्कूटीमा २ जना महिला सवार थिए ।

विराटनगरमा छुट्टा छुट्टै ११ स्थानमा राखिएको रमाइलो खेलहरु खेलेर बढी अंक प्राप्त गर्नेलाई विजेता घोषणा गरिएको हो । महिलाहरुको आत्मबल बढाउनका लागि सवारी साधन प्रयोग गरेर खेलहरु खेलाइएको सदस्य अभिषेक केडियाले बताउनुभयो ।

Back to top button