
काठमाडौं । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनअन्तर्गत आज उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिँदै छ।
निर्वाचन कार्यतालिकाअनुसार दिउँसो १ बजेसम्म उम्मेदवारले नाम फिर्ता लिने र दिउँसो २ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिनेछ।
शनिवार उम्मेदवारी दर्ता गरिएको थियो भने हिजो दाबीविरोधको तालिका थियो । स्ववियु निर्वाचन चैत ५ गते बिहान ८ बजेदेखि दिउँसो ४ बजेसम्म तोकिएको छ।
निर्वाचन देशभरिका त्रिविका ६२ आंगिक र १ हजार ४० सम्बन्धन प्राप्त क्याम्पसमा हुनेछ। हरेक दुई/दुई वर्षमा हुनुपर्ने स्ववियु निर्वाचन २०६५ सालयता नियमित भएको छैन । यसअघि २०७३ चैत १५ गते निर्वाचन भएको थियो ।