राष्ट्रपति पौडेलसँगै जेल बसेका चार जनालाई शपथ ग्रहणमा निम्तो

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आफूसँगै जेलमा बसेका चार जनालाई शपथग्रहण समारोहमा बोलाउनुभएको छ । उहाँले इन्दु शर्मा, गोविन्द कँडेल, रघुपति शर्मा र डिल प्रसाद सापकोटालाई आफ्नो शपथग्रहण समारोहमा बोलाउनुभएको हो ।

सापकोटा बाजे भनेर चिनिने डिलप्रसादले पौडेल बागलुङ जेलमा बस्दा दूध पुर्याएर सहयोग गर्नुभएको थियो । बागलुङमा बस्दै आउनुभएका डिलप्रसादलाई पनि पौडेलले शपथ ग्रहण समारोहमा सहभागी हुन भन्दै काठमाडौं बोलाउनुभएको उहाँको सचिवालयले जनाएको छ ।

फागुन २५ गते राष्ट्रपतिमा निर्वाचित हुनुभएका पौडेलले आज दिउँसो १ बजे शीतल निवासमा शपथग्रहण गर्दै हुनुहुन्छ । शपथग्रहण समारोहमा विशिष्ट व्यक्तित्व, कूटनीतिक नियोगका प्रतिनिधिलगायत करिब १ हजार ५ सय जनालाई निम्तो दिइएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

Back to top button