
विर्तामोड । झापाको भद्रपुरमा पोखरीमा माछा मार्ने क्रममा डुबेर १ जनाको मृत्यु भएको छ । डुबेर मृत्यु हुनेमा भद्रपुर नगरपालिका–३ स्थित भैंसाबाडी निवासी ४० वर्षीय रामकुमार लिम्बू रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
प्रहरीका अनुसार आज दिउँसो साढे १ बजे घर नजिकैको पोखरीमा माछा मर्ने क्रममा लिम्बू डुबेर बेपत्ता हुनुभएको थियो। बेपत्ता लिम्बूको खोजी गर्ने क्रममा स्थानियबासी र प्रहरी टोलीले मृत फेला पारेका थिए।
मृत अवस्थामा फेला पर्नुभएका लिम्बूको शवलाई कानुनी प्रक्रिया पूरा गरी प्रादेशिक अस्पताल भद्रपुरमा पोष्टमार्टम पश्चात परिवारजनलाई जिम्मा लगाइएको प्रहरीले जनाएको छ।