एमाले संसदीय दलको उपनेतामा नेम्वाङ नियुक्त

काठमाडौं । नेकपा एमाले संसदीय दलको उपनेतामा सुवासचन्द्र नेम्वाङ नियुक्त हुनुभएको छ । आज संसदीय दलका नेतासमेत रहनुभएका पार्टी अध्यक्ष केपी शर्मा ओलीले नेम्वाङलाई उपनेताको नियुक्ति दिनुभएको हो ।

अघिल्लो प्रतिनिधिसभामा पनि नेम्वाङ एमाले संसदीय दलको उपनेता हुनुहुन्थ्यो । यसअघि ओलीले हिजो संसदीय दलको प्रमुख सचेतकमा पदम गिरी र सचेतकमा महेश बर्तौलालाई नियुक्ति दिनुभएको थियो।

Back to top button