
काठमाडौं । चैत ८ देखि १७ गतेसम्म प्रधानमन्त्री कप त्रिदेशीय फुटबल प्रतियोगिता हुने भएको छ । अखिल नेपाल फुटबल संघ एन्फाले आज पत्रकार सम्मेलन गर्दै प्रतियोगितामा नेपाल, भुटान र लावसका टिमको सहभागीता रहने जनाएको हो ।
दशरथ रंगशालामा सिंगल राउण्ड रोबिन आधारमा खेलाई उत्कृट २ टोलीबीच १७ गते फाइनल खेल हुने एन्फाले जनाएको छ । फिफा विन्डोको समय सकिने भएकाले ३१ मार्चमा हुने फाइनल खेल वरीयतामा समावेश हुने छैन ।
प्रतियोगिताका लागि फिलिपिन्स र मलेसियासँग पनि कुरा भएपनि उनीहरूको समय नमिल्दा सम्भव नभएको प्रवक्ता सुरेश शाहले जानकारी दिनुभयो ।
एन्फाले प्रतियोगिताका लागि साधारण प्याराफिटतर्फ ५ सय र भीआईपी प्याराफिटतर्फ १ हजार रुपैयाँ टिकट दर निर्धारण गरेको छ । प्रधानमन्त्री कप त्रिदेशीय फुटबल प्रतियोगिताको मार्केटिङ, ब्रोडकास्टिङ र डिजिटल अधिकारका लागि एन्फाले सार्वजनिक सूचना निकालीसकेको जानकारी गराउँद्रै प्रवक्ता शाहले चाँडै टुंगो लाग्ने बताउनुभयो ।
टिकटका लागि ३० लाख र मार्केटिङका लागि ५०लाख न्यूनतम मूल्य तोकेर वोलपत्र आह्वान गरिएको छ । प्रतियोगितामा अनुमानित १ करोड ७७ लाख ६८ हजार ४८० रुपैयाँ लाग्ने अनुमान रहेको उहाँले बताउनुभयो ।
यस्तो छ खेल तालिका
चैत ८ गते (२२ मार्च) नेपाल र लाओस
चैत ८ गते (२५ मार्च) भुटान र लाओस
चैत १४ गते (२८ मार्च) नेपाल र भुटान
चैत १७ गते (३१ मार्च) उत्कृट २ टोलीबीच फाइनल