राष्ट्रपति पौडेलको पहिलो निर्णय राजदूतको नियुक्ती

काठमाडौं। नव निर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले सपथ ग्रहण गरि पदभार ग्रहण गरेसँगै मोरोक्को अधिराज्यका लागि गैरआवासीय नेपाली राजदूत नियुक्त गर्नुभएको छ ।

पौडेलले संविधानको धारा २८२ को उपधारा १ बमोजिम इजिप्टका लागि आवासीय राजदूत सुशीलकुमार लम्साललाई मोरोक्कोका लागि गैरआवासीय राजदूत पदमा नियुक्त गर्नुभएको हो ।

‘सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा २८२ को उपधारा १ बमोजिम इजिप्टका लागि नेपालको आवासीय राजदूत सुशीलकुमार लम्साललाई मोरोक्को अधिराज्यका लागि समेत गैरआवासीय नेपाली राजदूत पदमा नियुक्त गर्नुभएको छ’, राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

राष्ट्रपति पौडेलको शीतलनिवास प्रवेशपछिको यो पहिलो निर्णय हो ।

Back to top button