माओवादी घटक र नागरिक अगुवाबीचको आजको छलफल स्थगित

काठमाडौं । माओवादी धारका पार्टीले तय गरेको नागरिक अगुवा र बुद्धिजीवीसँगको छलफल स्थगन भएको छ।

आजका लागि तय भएको छलफल कार्यक्रम स्थलव्यवस्थापन हुन नसक्दा स्थगित भएको माओवादी केन्द्रको केन्द्रीय कार्यालयका मुख्य सचिव श्रीराम ढकालले जानकारी दिनुभयो।

विस्तृत शान्ति सम्झौताका बारेमा माओवादी घटकहरूले आज बुद्धिजीवी र नागरिक अगुवाहरूसँग छलफल गर्ने तय भएको थियो।

गत २६ गते बसेको माओवादी धारका पार्टीहरूको बैठकले विस्तृत शान्ति सम्झौताबारे संयुक्त पत्रकार सम्मेलन र नागरिक अगुवा तथा बुद्धिजीविहरूसँग छलफल, अन्तरक्रिया गर्ने निर्णय गरेको थियो । यसैअनुसार फागुन २८ गते संयुक्त पत्रकार सम्मेलन गरिसकेका छन्।

यस्तै, आज नागरिक अगुवाहरूसँग अन्तरक्रिया गर्ने कार्यक्रम रहेको थियो ।

Back to top button