
काठमाडौं । आज सुनको मूल्य प्रतितोला १६ सय रूपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य १६ सय रुपैयाँले वृद्धि भएर प्रतितोला १ लाख ५ हजार ७०० रुपैयाँ पुगेको हो।
यसअघि आइतबार प्रतितोला सुन १७ सय र सोमबार ७ सयले बढेको थियो। आज तेजाबी सुन प्रतितोला १ लाख ५ हजार २०० कायम भएको छ।
यस्तै, सुनको मूल्य बढेसँगै चाँदी पनि बढेको छ। आज प्रतितोला चाँदी १३ सय रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।
हिजो चाँदी १२ सय ५५ रूपैयाँमा खरिदबिक्री भएको थियो।