
काठमाडौं । अभिनेत्री वर्षा सिवाकोटी र अमेरिकामा बसोबास गर्दै आउनुभएका युवक आशिष गेलालबीचको वैवाहिक सम्बन्ध कानुनी रुपमा टुंगिएको छ ।अभिनेत्री सिवाकोटीले २ महिनाअघि कानुनी रुपमै आफूहरु अलग भएको बताउनुभयो ।
गत वैशाख ९ गते काठमाडौंको एक रिसोर्टमा धुमधामले विवाह गर्नुभएका वर्षा र आशिषको सम्बन्ध ९ महिनामै टुंगिएको हो । विवाहलगत्तै वर्षा अमेरिका पुग्नुभएको थियो।
नेपाल फर्किएलगत्तै सामाजिक सञ्जालमा एकले अर्कोलाई अनफलो गरेपछि यी २ बीचको सम्बन्धमा दरार आएको अनुमान गरिएको थियो ।
छिटो विवाह गर्दा एकले अर्कोलाई बुझ्न नसकेको र असमझदारी भएको वर्षाले बताउनुभयो । ‘परिवारको तर्फबाट मागेर छिटो विवाह गरियो । एकअर्कालाई बुझ्न सकिएन । असमझदारी भयो,’ उहाँले भन्नुभयो,‘दुई महिनाअघि हामी कानुनी रुपमा अलग भयौं ।’
यस्तै, आशिषले हिजो झापाकी समीक्षा विमली नामकी एक युवतीसँग विवाह गर्नुभएको छ । उहाँको तस्वीर र भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भइसकेको छ ।