अहिलेको राजनीति गुटबन्दी र जालझेल : एमाले अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेको राजनीति भनेको गुटबन्दी र जालझेल भएको टिप्पणी गर्नुभएको छ ।

आज मानवअधिकार एलाइन्सको राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उहाँले डेमोक्रेसी भनिए पनि साँचो अर्थमा डेमोक्रेसी नै नरहेको बताउनुभयो ।

‘अहिले त डेमोक्रेसी भन्ने कहाँ छ र ? गुटबन्दी र जालजेलमात्र छ । कसले प्रतिस्पर्धा गरेको छ ?’ उहाँले प्रश्न गर्नुभयो, ‘एमालेसँग प्रतिस्पर्धा गर्न कसले आँट गरेको छ ?’

राजनीतिक दलहरुको नाममा राष्ट्रिय वा नेपाल भने पनि उनीहरु न राष्ट्रिय न नेपालको भएको बताउनुभयो । यो बेला मानवअधिकारको उल्लंघन समान्य हुनसक्ने भन्दै उहाँले यसलाई अन्त्य गर्नुपर्नेमा जोड दिनुभएको छ ।

‘मानव अधिकारको भ्वाइलेसन सामान्य हुने स्थितिबाट बदल्नुपर्छ, भ्वाइलेसन असाधारण कुरा हो, यसलाई अन्त्य गरिनैपर्छ’ उहाँले भन्नुभयो ।

अध्यक्ष ओलीले मृत्युदण्ड दिएपछि त्यसलाई सच्याउने ठाउँ नभएको आफू मृत्यदण्डको पक्षमा नरहेको पनि बताउनुभयो । संयुक्त राष्ट्र संघले मानवबीच हुने कुनै पनि प्रकारको विभेदलाई स्वीकार गर्न नसक्ने कुरालाई स्पष्ट पारेको उहाँको भनाइ छ ।

‘मृत्यदण्ड दिएपछि त्यसलाई सच्याउने ठाउँ हुँदैन । त्यसकारण हामी स्थायी रुपमा, हामी नेपालीहरु, बुद्ध जन्मेका देशका बासिन्दाहरु, यहाँका नागरिकहरु कहिल्यै पनि मृत्यदण्डको पक्षमा कुनै आवेश, उत्तेजनामा पनि जानु हुँदैन भन्ने मेरो एकदम दृढ मत हो’ अध्यक्ष ओलीले भन्नुभयो ।

Back to top button