जनताको अपेक्षा पूरा गर्न गठबन्धन दल एक हुन आवश्यक : कांग्रेस महामन्त्री शर्मा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले अबको ५ वर्ष जनताको अपेक्षा पूरा गर्नका लागि गठबन्धन दल एकीकृत सोचका साथ अघि बढ्न आवश्यक रहेको बताउनुभएको छ ।

आज नेपाल ट्रेड युनियन कांग्रेसले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै शर्माले ५ वर्षसम्म संसदलाई बिघटित नहुनेगरी गठबन्धन दलहरु जनताको अपेक्षा पूरा गर्न एकीकृत रुपमा अघि बढ्नुपर्ने बताउनुभएको हो ।

उहाँले मुलुकलाई स्थीरता राखेर नै मुलुकको विकासको आकांक्षा पूरा हुने जिकिर गर्नुभयो । अहिले राजनीतिमा देखिएका वितृष्णा, अर्थतन्त्रका समस्या,व्यवसायीको पीडालगाय मुलुकमा देखिएका नकारात्मक संकेतलाई राज्यले उचित सम्बोधन गर्नुपर्ने उहाँको भनाइ छ। उहाँले अहिले बाहिर हल्लाचलेजस्तो मुलुकको आर्थिक अवस्था धेरै नराम्रो नरहेको धारणा राख्नुभयो।

महामन्त्री शर्माले अब मुलुकको आर्थिक अवस्था सुधार गर्नका लागि व्यापार घाटा नियन्त्रणतर्फ ध्यान केन्द्रित गर्नुपर्ने बताउनुभयो।

Back to top button