त्रिवि केन्द्रीय क्याम्पसको समानुपातिक उम्मेदवारको नामावली सार्वजनिक

काठमाडौं। cस्ववियु निर्वाचन समितिले समानुपातिकतर्फको उम्मेदवारको नामावली सार्वजनिक गरेको छ।

सार्वजनिक नामावली अनुसार समानुपातिक निर्वाचन प्रणालीको लागि ५० जनाको उम्मेदवारी परेको छ । २१ सदस्यीय स्ववियु समितिमा समानुपातिक निर्वाचन प्रणालीबाट १० जना उम्मेदवार निर्वाचित हुनेछन्।

५० जना उम्मेदवारमध्ये जम्मा ९ जना मात्रै महिला उम्मेदवार रहेका छन् ।

यस्तै सबैभन्दा बढी अखिल (क्रान्तिकारी)बाट ५ जना, अनेरास्ववियुबाट २ जना, नेविसंघबाट १ जना र नेपाल क्रान्तिकारी विद्यार्थी संघबाट १ जना महिलाको उम्मेदवारी परेको छ ।

Back to top button