नेप्सेमा एकल अंकको वृद्धि, १ अर्ब १३ करोडको कारोबार

काठमाडौं । साताको कारोबारको पहिलो २ दिन लगातार उच्च अंकको गिरावट देखिएको सेयर बजारमा आज भने सामान्य अंकको सुधार देखिएको छ । आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १ दशमलव ८५ अंकले बढेर १९५३ दशमलव ०६ अंकमा कायम भएको छ ।

आज २५५ कम्पनीको ३३ लाख १८ हजार १०८ कित्ता शेयर २६ हजार ४७३ पटक खरिदबिक्री हुँदा १ अर्ब १३ करोड ५९ लाख २५ हजार बराबरको कारोबार भएको छ । यसदिन बैंङ्किङ,उत्पादन तथा प्रशोधन,लघुवित्त,म्युचुअल फन्ड र व्यापार समूहको उपसूचक घटेको छ भने बाँकी सबै समूहको उपसूचक बढेको छ ।

बैंकिङ समूह ३ दशमलव ९५,उत्पादन तथा व्यापार समूह २३ दशमलव ३८,लघुवित्त समूह १४ दशमलव ४५,म्युचुअल फन्ड ० दशमलव ०३ र व्यापार समूह ५० दशमलव ३७ अंकले घटेको नेप्सेले जनाएको छ ।

आज जीवन बीमा समूहको उपसूचक ४६ दशमलव ६१ अंकले बढेको छ भने विकास बैंक समूह १२ दशमलव ८८ अंकले बढेको छ ।

यस्तै, होटल तथा पर्यटन समूह १९ दशमलव ९५,जलविद्युत् समूह १८ दशमलव ९५,लगानी समूह ० दशमलव ४४, जीवन बीमा समूह ६ दशमलव ८८ र अन्य समूह ६ दशमलव २१ अंकले बढेको छ ।

आज युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सबैभन्दा धेरै गुमाउनेमा भने एनआइसी एशिया ब्यालेन्स फन्डको शेयर मूल्य प्रतिकित्ता ५ दशमलव ६४ प्रतिशतले घटेको छ ।

कारोबार रकम र सेयर सङ्ख्याका आधारमा एनआइसी एसिया बैंक सबैभन्दा अगाडि देखिएको छ । एनआइसी एसिया बैंकको सबैभन्दा धेरै १० करोड ४८ लाख २४ हजार १२५ रुपैयाँ बराबरको १ लाख ३६ हजार ७ ३३ कित्ता शेयर किनबेच भयो।

Back to top button