विराट गोल्डकपको राशी बढाइनेः भारतका दुईसहित ८ टीमको सहभागिता रहने

विराटनगर । विराटनगरस्थित सहिद रंगशालामा चैत १७ गतेसम्म हुने विराट गोल्डकपको पुरस्कार राशी बृद्धि हुने भएको छ ।

अघिल्लो संस्करणमा उपाधि विजेतालाई नगद १५ लाख १५ हजार र उपविजेतालाई ७ लाख ५१ हजार पुरस्कार राशी थियो । तर यस वर्ष भने त्यसलाई बढाएर विजेतालाई कम्तिमा २० लाख र उप विजेतालाई १० लाख नगद पुरस्कारको व्यवस्था गरिने भएको हो ।

यस्तै यस पटक भारतका दुई टीमसहित ८ टीमले सहभागिता जनाउने भएका छन् । गोल्डकपका कार्यकारी निर्देशक सुवाशिष कोइरालाका अनुसार प्रतियोगितामा साविक विजेता एपिएफ क्लबसहित त्रिभुवन आर्मी र नेपाल पुलिसको पनि सहभागीता रहने छ ।

यस्तै संकटा क्लब र जावलाखेल युथ क्लब र घरेलु टोलीको रुपमा विराटनगर सिटी फुटबल क्लबले प्रतियोगितामा सहभागिता जनाउने छन् ।

यस्तै दुई भारतीय क्लबले पनि गोल्डकपमा सहभागिता जनाउने कोइरालाले जानकारी दिनुभयो । उहाँका अनुसार दिल्ली एफसी र लुका सकर क्लब प्रतियोगितामा सहभागी हुने भएका छन् ।

Back to top button