सम्भावना बोकेका खेलाडी भेटेको नवनियुक्त नेपाली फुटबलका मुख्य प्रशिक्षक एनासीको भनाई

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनासीले आफू नेपाली फुटबल टोलीलाई हासिल गर्न नसकेको सफलता दिलाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले आज आयोजना गरेको कार्यक्रममा इटालियन प्रशिक्षक एनासीले नेपालमा प्रशिक्षक बन्नका लागि अवसर खोजिरहेको र ३ वर्षदेखि नेपाली फुटबल पछ्याइरहेकाले बताउनुभएको छ ।

उहाँले भारतीय आई लिगमा नेपाली खेलाडीको प्रतिभा देखेको र चलिरहेको ‘ए डिभिजन लिग’मा पनि आफूले सम्भावना बोकेका खेलाडी भेटेको बताउनुभयो ।

उहाँले भारतीय आई लिगमा नेपाली खेलाडीको प्रतिभा देखेको र चलिरहेको ‘ए डिभिजन लिग’मा पनि आफूले सम्भावना बोकेका खेलाडी भेटेको बताउनुभयो । उहाँले जारी शहीद स्मारक ए डिभिजन लिग र विगतका खेलमा खेलाडीहरुले गरेको प्रदर्शनका आधारमा टिम बनाउने बताउनुभयो ।

राष्ट्रिय टोलीका अधिकांश खेलाडी पलायन भएको अवस्थामा टोली सम्हाल्न आउनुभएको छ कसरी बनाउनुहुन्छ टीम भन्ने जिज्ञासामा उहाँले विदेश गएका खेलाडीसँग सम्पर्कको प्रयास गर्ने र टिम बनाउँदा पूरै नयाँ टोली बनाउन नसकिने प्रतिकृया दिनुभयो ।

प्रशिक्षक एनासीले नेपाल आउनुको लक्ष्य धेरैभन्दा धेरै खेलमा नेपाललाई सुखद् नतिजा दिलाउने र नेपालले विगतमा हासिल गर्न नसकेको सफलता दिलाउँदै करियर सुधार गर्ने लक्ष्य रहेको बताउनुभयो ।

नवनियुक्त मुख्य प्रशिक्षक एनासीको प्रशिक्षणमा नेपालले पहिलो घरेलु मैदानमा नेपाल, लाओस र भुटान सम्मिलित त्रिदेशीय अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्दै छ।

एन्फाले प्रशिक्षक एनासीलाई मासिक तलबबाहेक खाने बस्ने र आउने जाने व्यवस्था गरेको छ। प्रशिक्षकका लागि आवश्यक पर्ने बजेट हालका लागि एन्फाको आन्तरिक स्रोतबाट व्यवस्था गरिएको छ। उहाँसँग एक वर्षको सम्झौता गरिएको छ।

Back to top button