उपराष्ट्रपति निर्वाचनको मौन अवधि लागू

काठमाडौं । आउदो शुक्रबार हुने उपराष्ट्रपति पदको निर्वाचनका लागि गएरातिदेखि मौन अवधि सुरु भएको छ । मौन अवधि सुरु भएपछि निर्वाचन नसकिन्जेलसम्म उम्मेदवारहरुले मत माग्न र प्रचार–प्रसार गर्न पाउँने छैनन् ।

चैत ३ गते हुने उपराष्ट्रपति पदको निर्वाचनका लागि सत्ता गठबन्धनको तर्फबाट जसपाका रामसहाय यादव, नेकपा एमालेकी अष्टलक्ष्मी शाक्य र जनमत पार्टीकी ममता झा उम्मेदवार हुनुहुन्छ ।

जसपाकै प्रमिला कुमारी यादवले भने आफ्नो उम्मेदवारी निष्कृय भएको घोाषणा गर्नुभएको छ ।

उपराष्ट्रपति निर्वाचनमा प्रतिनिधिसभा, राष्ट्रियसभा र प्रदेशसभाका सदस्यहरु मतदाता हुन्छन् । यसअघि तिनै मतदाताहरुले राष्ट्रपति पदमा नेपाली कांग्रेसका रामचन्द्र पौडेललाई विजयी गराइसकेका छन् ।

Back to top button