मिल्स गोल्डकपको आजदेखि सेमिफाइनलको खेल सुरुः धु्रुबतारा स्पोर्टिङ र सहलेस युवा क्लव भिड्दै

विराटनगर । विराटनगरमा जारी मिल्स गोल्डकप प्रतियोगिता अन्तर्गत आजदेखि सेमिफाइनलका खेल सुरु हुँदैछ ।

विराटनगर जुट मिल्सको खेल मैदानमा हुने आजाको पहिलो सेमिफाइनल खेलमा धुव्रतारा स्पोर्टिङ्ग क्लब झापा र सहलेस यूवा क्लब सिराहाबीच प्रतिस्पर्धा गर्नेछन् ।

यस्तै हिजो सम्पन्न खेलबाट गाईघाट फुटबल क्लब उदयपुर गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । विरगंज युनाईटेड क्लबलाई टाइब्रेकरमा ४–२ गोल अन्तरले पराजित गर्दै गाईघाट सेमिफाइनमा पुगेको हो ।

जितसँगै गाईघाटले भोली हुने दोस्रो सेमिफाइनलमा साविक बिजेता प्रतिभा फुटबल क्लब सिराहासँग प्रतिस्पर्धा गर्नेछ । जितको लागि गाईघाटका देवीराज चौधरी, रोशन भुजेल, प्रविण राई र मनिष कटुवालले गोल गर्नुभयो भने वीरगन्जका शिसाद थापा र विश्वास थापाले मात्र गोल गर्नुभयो ।

कृपा चौधरी र श्याम चौधरीको प्रहार गाईघाटका गोलकिपर निम छिरिङ्ग शेर्पाले उत्कृष्ट बचाउ गरिदिनुभयो । टाईब्रेकरमा दुई गोल बचाउ गर्ने गाईघाटका गोलकिपर शेर्पा नै म्यान अफ द म्याच घोषित हुनुभयो ।

निर्धारित समयमा दुवै टिम गोलरहित बराबरीमा रोकिएपछि जितको छिनोफानो टाईब्रेकरबाट गरिएको हो । खेल अवधिभर पाएका प्रशस्त अवसरलाई सदुपयोग गर्न नसक्दा विरगञ्ज पराजय ब्यहोर्दै घर फर्किन बाध्य भयो ।

पहिलो हाफसम्म एक पक्षीय खेल पस्किएको विरगंजका लागि खेलको १३ औं मिनेटमा बिवेक चौधरीले २५ यार्डदेखि गरेको सशक्त प्रहार पोष्टमा लागेर बाहिरियो । ४१ औं मिनेटमा गाइघाटका तिर्थ राईले डिबक्स भित्रबाट गरेको प्रहार बारियो ।

दोस्रो हाफदेखि गाइघाटले आक्रमक खेल पस्कियो । ५५ औं मिनेटमा गाईघाटका देबराज चौधरीले डिबक्स भित्रबाट गरेको प्रहार बाहिरदा जित हात पार्न टाईबेकर कुर्नुपर्‍यो ।

Back to top button