झापामा करेन्ट लागेर एक जनाको मृत्यु

विर्तामोड । झापामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मेचीनगर नगरपालिका– ४ का ४५ वर्षीय पुष्ट बहादुर कडरिया रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

कडरिया आज बिहान ७ बजे घर नजिक सडक छेउको काभ्रा रुखमा चढेर घाँस काट्ने क्रममा बिजुलीको तारबाट करेन्ट लागेर गम्भीर घाइते हुनुभएको थियो।

घाइते उहाँको उपचारको क्रममा प्रादेशिक अस्पताल भद्रपुरमा मृत्यु भएको हो ।

सो घटनाबारे इलाका प्रहरी कार्यालय काँकडभिट्टाले अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।

Back to top button