मकवानपुरमा ट्रिपर दुर्घटना हुँदा चालकको मृत्यु

हेटौंडा । मकवानपुरमा सवारी दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मकवानपुरगढी गाउँपालिका वडा नम्बर–२ अदुवाखर्क निवासी २८ वर्षीय चन्द्र योञ्जन रहेको प्रहरीले जनाएको छ ।

मंगलबार साँझ ७ बजेको समयमा शिवम् सिमेन्ट उद्योगको ढुंगा खानीतर्फ ढुंगा लोड गर्न जाँदै गरेको ना ८ ख ५३३५ नम्बरको ट्रिपर बकैया गाउँपालिका–१२,खोरभञ्ज्याङ्स्थित भित्र कच्ची सडकखण्डमा आफैं अनियन्त्रित भइ दुर्घटनामा परेको थियो ।

ट्रिपर सडकबाट अन्दाजी ९०० मिटर तल जंगलको खोल्सामा खसेको र सोही दुर्घटनामा चालक योञ्जनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिनुभयो ।

Back to top button