पीएनजीले यूएईलाई दियो २ सय ३५ रनको लक्ष्य

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ को आफ्नो अन्तिम खेलमा पपुवा न्युगिनी पीएनजीले यूएईलाई २ सय ३५ रनको लक्ष्य दिएको छ ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस जितेर ब्याटिङ रोजेको पीएनजीले निर्धारित ५० ओभरमा ७ विकेट गुमाई २३४ रन बनायो । पीएनजीका कप्तान अर्सद भालाले सर्वाधिक ६५ रन बनाउनुभयो । उहाँले ९५ बलमा ६ चौका र १ छक्का प्रहार गर्नुभएको थियो ।

२२ रन बनाउँदा २ विकेट गुमाएको अवस्थामा ब्याटिङमा आउनुभएका भालाले पीएनजीलाई उकास्नुभएको हो । उहाँले चौथो विकेटका लागि चाल्र्स एमिनीसँग ५३ रनको साझोदारी गर्नुभयो ।

त्यसअघि किप्लिन डोरिगासँग भालाले तेस्रो विकेटका लागि ४१ रनको साझेदारी गर्नुभयो ।

यस्तै, ओपनर डोरिगा २४ र एमिनी २२ रनमा आउट हुनुभयो । अर्का ओपनर हिरी हिरी ४ रनमा नै हजरत विलालको बलमा विकेटकिपर भालथापाबाट क्याच आउट हुनुभयो। तेस्रो क्रममा आउनुभएका ब्याटर सेसे बाउले पनि दोहोरो अंकमा रन बनाउन सक्नुभएन् । बाउले १५ बलमा ९ रन बनाउँदै क्याच आउट हुनुभयो ।

गौडी टोकाले १५ रन बनाउनुभयो । आक्रमक ब्याटिङ गर्नुभएका रिले हेकुरेले २२ बलमा ३३ रन बनाएर रन आउट हुनुभयो । सातौं क्रममा ब्याटिङ गर्न आउनुभएका बलिङ अलराउन्डर नोमान भनुवाले ३१ बलमा ४९ रन बनाउँदै अविजित रहनुभयो। नवौं ब्याटर चाड सोपर शुन्यमा अविजित रहनुभयो ।

त्यसैगरी, यूएईका लागि हजरत विललाले सर्वाधिक ४ विकेट लिनुभयो । उहाँले १० ओभरमा ४७ रन खर्चिनुभयो । रोहन मुस्तफा र जवार फरिदले समान १–१ विकेट लिनुभयो ।

Back to top button