नेप्से १९३८ विन्दुमा झर्‍यो, १२ उपसमूहको सूचक नकारात्मक

काठमाडौं । नेप्से परिसूचक आज फेरि ओरालो लागेको छ। हिजो सामान्य अंकले बढेको नेप्से आज १४ दशमलव ४४ अंकले घटेर १९३८ विन्दुमा पुगेको हो । हिजो नेप्से १ दशमलव ८५ अंकले बढेर १९५३ दशमलव ०६ विन्दुमा कायम भएको थियो।

सेन्सेटिभ इण्डेक्स ३ दशमलव ०३ अंकले घटेर ३६५ दशमलव २९ विन्दुमा अडिएको छ। यसदिन ५१ कम्पनीको मूल्य बढ्दा १४९को घट्यो भने १४ को स्थिर रह्यो।

कारोबारमा आएका २५३ कम्पनीको ३७ लाख १६ हजार ६८४ कित्ता सेयर १ अर्ब २० करोड २१ लाख ४१ हजार ८८२ रुपैयाँमा खरिदबिक्री भयो।

दोहोरो अंकले घटेको सेयर बजारमा २ कम्पनीको मूल्य १० प्रतिशत हाराहारीमा बढ्‍यो। युनिक नेपाल लघुवित्त वित्तीय र शुभम् पावरको मूल्य ९ दशमलव ९९ प्रतिशतले बढेको हो।

कृषि लघुवित्त वित्तीय र बराही हाइड्रोपावरको मूल्य ५ प्रतिशत बढिले ओरालो लाग्यो। यसदिन कारोबार रकमका आधारमा एनआईसी एसिया बैंक शीर्षस्थानमा रह्यो। सो बैंकको १० करोड ३५ लाख २२ हजार ३३ रुपैयाँको सेयर कारोबार भयो।

यसैगरी, ७ करोड मूल्यको सेयर कारोबार गरी सानिमा माइ हाइड्रो पावर दोस्रोमा र ४ करोड मूल्य बढिको कारोबार गरी नविल बैंक तेस्रो स्थानमा रहयो।

कारोबारमा आएका १३ उपसमूहमध्ये १२ को मूल्य घट्यो भने १ को मात्रै बढ्यो। ट्रेडिङ उपसमूहको सूचक ० दशमलव ५१ प्रतिशतले बढेको हो।

Back to top button