नेपाली टोलीलाई हौसला दिन प्रधानमन्त्री प्रचण्ड क्रिकेट मैदानमा

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाल र यूएई बीचको खेल हेर्न कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा पुग्नुभएको छ । नेपाली क्रिकेटरलाई हौसला बढाउन उहाँ कीर्तिपुरस्थित क्रिकेट मैदानमा पुग्नुभएको हो ।

नेपाली क्रिकेटरलाई विजयको शुभकामनाको लागि प्रधानमन्त्री प्रचण्ड कीर्तिपुर मैदानमा पुग्नुभएको उहाँको प्रमुख स्वकीय सचिव रमेश मल्लले जानकारी दिनुभयो ।

यस्तै, पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पनि आईसीसी विश्वकप लिग–२ को अन्तिम खेलमा यूएईविरुद्ध उत्रिएको नेपाली टोलीलाई जितको शुभकामना दिनुभएको छ ।

Back to top button