ओलीद्वारा नेपाली क्रिकेटरलाई जितको शुभकामना

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आईसीसी विश्वकप लिग–२ अन्तर्गतको अन्तिम खेलमा यूएईविरुद्ध उत्रिएको नेपाली टोलीलाई जितको शुभकामना दिनुभएको छ ।

उहाँले ट्वीट गर्दै उच्च आत्मबलका साथ नेपाललाई विश्वकपमा प्रवेश गराउने सफलताको लागि क्रिकेट टिमलाई शुभकामना दिनुभएको हो ।

‘राष्ट्र तपाईंहरूको साथमा छ, म तपाईंहरूको साथमा छु,’ भन्दै ओलीले लेख्नुभएको छ,‘मलाई आजको दिनको प्रतीक्षा अस्तिदेखि नै थियो । उच्च आत्मबलका साथ नेपाललाई विश्वकपमा प्रवेश गराउने सफलताको लागि नेपाली क्रिकेट टिमलाई शुभकामना ।’

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा युएईले टस जितेर नेपालविरुद्ध सुरुमा ब्याटिङ गर्ने निर्णय गरेको छ ।

Back to top button