अर्धशतक बनाएर यूएईका कप्तान आउट,सन्दीपद्वारा विकेट

काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय एकदिवसीय शृंखलाको अन्तिम खेलमा नेपालविरुद्ध अर्धशतक बनाउनुभएका यूएईका कप्तान मुहम्मद वासिम अर्धशतक बनाएर पभिलियन फर्कीनुभएको छ ।

यूएईका त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ थालेको नेपालका यूएईका लागि ओपनिङमा आएका वासिमले ४३ बलमा २ चौका र ५ छक्कासहित ५० रन पूरा गर्नुभएको थियो। दोस्रो विकेटका वृत्या अरविन्दसँग लागि ९२ रनको साझेदारी गर्दै वासिम ४९ बलमा ६३ रन जोडेर पेभेलियन फर्कीनुभयो ।

नेपालका लागि १७ औं ओभर बलिङ गर्नुभएका सन्दीप लामिछानेले वासिमलाई एलबीडब्लूको शिकार बनाउनुभएको हो । यो विकेटसँगै सन्दीप एकदिवसीय अन्तर्राष्ट्रियमा सबैभन्दा छिटो १०० विकेट लिने खेलाडीको कीर्तिमान नजिक पुग्नुभएको छ । अब एक विकेट लिए सन्दीपले अफगानिस्ताका रसिद खानको ४४ खेलको कीर्तिमान तोड्नुहुने छ । सन्दीपको यो ४१औं एकदिवसीय अन्तर्राष्ट्रिय खेल हो।

नेपालका लागि ललित राजवंशीले १ विकेट लिनुभएको छ । यूएईका लागि यूएईका वृत्या अरविन्द २० रन बनाएर खेलिरहनुभएको छ । यस्तै, सिपी रिजवानले पनि क्रिजमा उत्रिएर २ रन जोड्नुभएको छ ।

नेपालका लागि ओपनिङ बलिङ गर्नुभएका ललित पहिलो ओभरमा विकेट लिन सफल हुनुभएको थिएन्। तर, तेस्रो ओभरमा फेरि फर्किनुभएका ललितले यूएईका ओपनर आर्याना लाक्रालाई ६ रनमा पेभेलियन फर्काउनुभएको हो । यूएईले १७ ओभरमा सकिँदा २ विकेट गुमाएर १ सय १ रन बनाएको छ।

आजको खेलमा जित निकाले नेपालले लिग–२ को शीर्ष ३ रहँदै जुनमा जिम्बाब्वेमा हुने विश्वकपको ग्लोबल छनोटमा स्थान बनाउने छ। नेपालले शीर्ष ४ मा रहँदै एकदिवसीय मान्यता जोगाइसकेको छ।

Back to top button